Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • काबुलमा अफगान सेनाको आक्रमणबाट ६ आईएस लडाकू मारिए

    काबुलमा अफगान सेनाको आक्रमणबाट ६ आईएस लडाकू मारिए

    अनलाइन नेपाल
  • शनिबार, ५ कार्तिक २०७९
  • 678
    SHARES

    फाइल फोटो

    एजेन्सी । अफगान सेनाले राजधानी काबुलमा प्रतिद्वन्द्वी आइएस वा इस्लामिक स्टेट (आईएस) सङ्गठनका सदस्यहरू लुकेको ठाउँमा आक्रमण गरी छ जना लडाकूलाई मारेको छ ।

    अफगान कार्यवाहक सरकारका मुख्य प्रवक्ता जबिहुल्लाह मुजाहिदका अनुसार इस्लामिक इमिरेट्सको विशेष एकाइहरूको बलले हिजो आइएस लडाकुहरूको लुकेको ठाउँ पत्ता लगाई दुई जना लडाकुहरू पक्राउ गरेको थियो ।



    मारिएका केही विद्रोहीहरू वजिर अकबर खानको मस्जिद र दश्त–ए–बर्ची जिल्लाको कलेजमा भएका घातक आतङ्ककारी हमलाहरूमा संलग्न थिए जसले हप्ता अघि दर्जनौं मानिसहरूलाई मारेका थिए ।



    मुजाहिदले पनि कारबाहीका क्रममा एक सुरक्षाकर्मी मारिएको र अर्का एक घाइते भएको पुष्टि गरेका छन् ।

    अफगानिस्तानमा आईएस समूह विरुद्धको यो दोस्रो अपरेशन हो । केही दिन अघि उत्तरी कुन्दुज प्रान्तमा अफगान सेनाले यस्तै कारबाहीमा पाँच आईएस लडाकू मारेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार