Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • इराकी सेनाको हवाई आक्रमणमा परी ११ आईएस लडाकु मारिए

    इराकी सेनाको हवाई आक्रमणमा परी ११ आईएस लडाकु मारिए

    अनलाइन नेपाल
  • आइतबार, २६ भाद्र २०७९
  • 906
    SHARES

    बग्दाद । पश्चिम र पूर्वी इराकमा शनिबार भएको हवाई आक्रमणमा परी इस्लामिक स्टेट्स (आईएस) का ११ लडाका मारिएका इराकी सेनाले जनाएको छ ।

    इराकको पश्चिमी प्रान्त अन्बारको अल–जलैयत क्षेत्रमा भएको हवाई आक्रमणमा परी एक स्थानीय नेतासहित सात आतंककारीको मृत्यु भएको र आतंककारी लुकेको एक स्थान ध्वस्त भएको सेना जारी गरेको विज्ञप्तिमा जानकारी दिएको छ ।



    इराकको पूर्वी प्रान्त दियालामा आईएसको लुकेको स्थानलाई लक्षितगरी भएको दुईवटा हवाई आक्रमणमा परी आतंककारी मारिएका बताइएको छ ।



    आइएस लुकेको ठाउँमा खोजी गर्ने क्रममा सशस्त्र बलहरुसँगको भिडन्तमा अर्को एक आईएस लडाकू मारिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार