Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • शिया धर्मगुरुको राजीनामा घोषणापछि झडप, बीस जनाको मृत्यु

    शिया धर्मगुरुको राजीनामा घोषणापछि झडप, बीस जनाको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, १४ भाद्र २०७९
  • 783
    SHARES

    एजेन्सी । इराकका एक जना प्रभावशाली शिया धर्मगुरुले राजनीतिबाट राजीनामा दिने घोषणा गरेपछि उनका सयौं क्रुद्ध अनुयायी र सुरक्षा बलबीच सोमबार भएको झडपमा २० जना प्रदर्शनकारीको मृत्यु भएको छ।

    दोहोरो झडपमा दर्जनौं प्रदर्शनकारी घाइते भएका छन्। धर्मगुरु मुक्तादा अल-सद्रप्रति बफादार प्रदर्शनकारीहरूले



    सरकारी भवनबाहिर तोडफोडसहित हिंसात्मक प्रदर्शन गरेपछि इराकको सेनाले राष्ट्रव्यापी निषेधाज्ञा जारी गरेको छ।



    यद्यपि हिंसात्मक गतिविधि रोकिएका छैनन्। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले पनि सम्बन्धित सबैलाई हिंसात्मक गतिविधि परित्याग गर्न तथा मतभेद विर्सेर वार्तामा बस्न आह्वान गरेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार