Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • इराकको राष्ट्रपति भवन प्रदर्शनकारीको कब्जामा, सुरक्षाकर्मीको गोली लागेर ८ जनाको मृत्यु

    इराकको राष्ट्रपति भवन प्रदर्शनकारीको कब्जामा, सुरक्षाकर्मीको गोली लागेर ८ जनाको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, १४ भाद्र २०७९
  • 858
    SHARES

    एजेन्सी । इराकका धर्मगुरु मौलबी मुक्तदा अल सदरले राजनीतीबाट सन्यास लिने घोषणा गरे लगत्तै उनका समर्थकहरुले ब्यापक प्रदर्शन गरेका छन् ।

    हजारौंको संख्यामा भेला भएका प्रदर्शनकारीहरूले राष्ट्रपति भवन कब्जामा लिएका छन् । उनीहरूले राष्ट्रपति भवन भित्र रहेको स्वीमिङ पुलमा स्वीमिङ गरेको दृश्य सार्वजनिक भएको छ ।



    प्रदर्शन चर्कदैं गएपछि स्थिती नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागी ८ जनाको मृत्यु भएको छ । इराकमा बढ्दै गएको तनावका बीच कर्फ्यु आदेश जारी गरिएको छ । कर्फ्युका बीच प्रदर्शन रोक्न अपिल गरिएको छ ।



    धर्मगुरु अल सदरका समर्थक र इरान समर्थित आम सर्वसाधारणबीच दोहोरो झडप समेत भएको छ । एकले अर्कालाई ढुंगा प्रहार गर्दा दुवै तर्फ कयौं घाइते भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार