Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • इराकमा बेचिए सात नेपाली चेली, उद्धारका लागि हारगुहार

    इराकमा बेचिए सात नेपाली चेली, उद्धारका लागि हारगुहार

    अनलाइन नेपाल
  • बुधबार, २० मंसिर २०८०
  • 375
    SHARES

    फाइल तस्विर

    काठमाडौं । गैरकानुनी बाटो हुँदै इराक पुगेका सात नेपाली चेली बेचिएका छन् । राम्रो रोजगारीको प्रलोभनमा परेर इराकको कुर्किस्थान पुगेका सिर्जना लिम्बू, शर्मिला कुमाल, अनिता पाइजा मगर, फूलमाया शेर्पा, सफिया गुरुङ, पेम्बा तमु शेर्पा र पासाङ शेर्पा बेचिएका हुन् ।

    अनिता पाइजा मगरलाई सात महिनाअघि एजेन्ट किसन राईले राम्रो कमाइ हुने भन्दै गैरकानुनी तरिकाले इराक पु९याएर बिक्री गरेको पाइएको गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् इराकका अध्यक्ष विनोद श्रेष्ठले जानकारी दिए ।



    सिर्जनालाई एजेन्ट प्रमोद गुरुङले, शर्मिलालाई आशा कुमालले, फूलमाया र पेम्बा तमुलाई एजेन्ट अजित श्रेष्ठले इराक पु¥याएर बिक्री गरेका हुन् भने सफिया र पासाङलाई पनि एजेन्टले त्यहाँ लगेर बेचेका हुन् ।



    उनीहरू सबै जना दुई÷तीन महिनाअघि मात्र इराकको कुर्किस्थान आएको, एजेन्टले घरेलु कामदारका रूपमा बिक्री गरेको र समस्या भएपछि उद्धारका लागि अपिल गरेको अध्यक्ष श्रेष्ठले बताए । उनीहरूको अवस्था’दयगत एनआरएनएले जानकारी लिएको समेत उनले बताए ।

    ‘उनीहरूले उद्धारका लागि अपिल गरेको भए पनि अहिलेसम्म कसैको पनि उद्धार भएको छैन,’ उनले भने, ‘सोफिया र पासाङ काममा गएका छन्, अनिताको एजेन्टले पैसा मिलाउँदै छ, एक साता जति लाग्छ होला, अरूको पर्ख र हेरको अवस्थामा छ ।’ राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार