Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमालेलाई जिताउन राजनीतिमा लागेको हुँ : पूर्व आईजीपी खनाल

काठमाडौं । नेकपा एमालेको तर्फबाट काठमाडौं-६ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार सर्वेन्द्र खनालले आफू व्यक्तिगत जीतको लागी नभएर एमालेको विजयका लागि राजनीतिमा लागेको बताएका छन् ।

नेकपा एमाले काठमाडौँ ६ प्रदेश (ख) निर्वाचन परिचालन कमिटी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै खनालले गठबन्धनले देशलाई बर्बादीको दिशातर्फ लैजान खोजेको कारण एमालेलाई जिताउन अपिल गरेका हुन् ।

शनिबार दियालो फुडल्याण्डमा भएको चुनावी कार्यक्रममा एमाले केन्द्रीय सदस्य केशव स्थापित उपस्थित थिए । त्यस्तै कलाकार उत्तम केसीले सर्वेन्द्र खनाल जस्तो उम्मेदवार पाउनु गर्वको कुरा रहेको बताएका थिए ।

कार्यक्रममा प्रदेशसभा (ख) उम्मेदवार अमनकुमार मास्केले विकास र समृद्धिका लागि जिम्मेवारीपूर्वक लाग्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077