Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

संयुक्त राष्ट्र संघको सैनिक टोली लुम्बिनीमा

काठमाडौं । संयुक्त राष्ट्र संघको सैनिक टोली शनिवार लुम्बिनी पुगेको छ ।

संयुक्त राष्ट्र संघ दिवसका अवसरमा नेपाली सेनाको आयोजनामा सेमिनारका सन्दर्भमा नेपाल आएका राष्ट्र संघमा कार्यरत सैनिक टोली र विश्व शान्तिका लागि खटिएका देशका सैनिकहरु लुम्बिनीको भ्रमणमा आएका हुन् ।

लुम्बिनी विकास कोषका सूचना तथा जनसम्पर्क प्रमुख हरिध्वज राई र सूचना अधिकारी राजन बस्नेतले टोलीलाई लुम्बिनीमा स्वागत गरेका थिए ।

संयुक्त राष्ट्र संघ महासचिवका पूर्वसैनिक सल्लाहकार ह्यूज रसेन (रिटायर्ड), संयुक्त राष्ट्र संघमा कार्यरत सहसैनिक सल्लाहकार मिस्टर ओलीभर यूलिच, मिस्टर एड्म क्रिष्टोफर स्मीथ, बगांलादेशी सैनिक अधिकृत रिजोल कभियत, इन्डोनेशियन सेनाका कर्नेल अजवान एडविपसहितको टोली लुम्बिनी पुगेको हो ।

त्यसैगरी टोलीमा शान्ति कार्य निर्देशनालयका सहनिर्देशक अशोक चन्द, प्रमुख सेनानी जनककुमार बस्नेत, प्रमुख सेनानी डा. उत्सव मोहसिंह, गरुणदल गणका गणपती प्रमुख सेनानी दिपेन्द्र न्यौपाने र मध्यपश्चिम प्रितना हेडक्वाटर बुटवलका सहायक रथी किरण केसी पनि टोलीमा सरिक भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077