Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • अफगानिस्तानको बदख्सान प्रान्तमा ३८ विद्रोही मारिए

    अफगानिस्तानको बदख्सान प्रान्तमा ३८ विद्रोही मारिए

    अनलाइन नेपाल
  • सोमबार, ७ कार्तिक २०७९
  • 822
    SHARES

    एजेन्सी । अफगानिस्तानको उत्तरी बदख्सान प्रान्तमा हालै गरेको सुरक्षा कारबाहीमा परी ३८ विद्रोही मारिएका छन् ।

    यस कारबाहीमा अन्य ७८ जना पक्राउ परेका सूचना र संस्कृति विभागका प्रान्तीय प्रमुख कारी माजुद्दिन अहमदीले सोमबार बताएका छन्।



    गत एक हप्तामा शिवा, अर्घंज ख्वा र राघ जिल्लामा सुरक्षा कारबाहीको क्रममा ३८ सशस्त्र विद्रोही मारिएका र ७८ जना पक्राउ परेका अहमदीले पत्रकारहरुलाई जानकारी दिएका छन्।



    उक्त कारबाहीमा सुरक्षाबलका तीन सदस्यको मृत्यु भएको र पाँच जना घाइते भएका अधिकारीले जनाएका छन्।

    यसैबीच, विद्रोहीका दुई कमाण्डर बाहरुदिन र अब्दुल हमिद मारिएका राज्य सञ्चालित बख्तर समाचार समितिले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार