Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

काठमाडौंको लोलाङ हाइटमा जुत्ता उद्योगमा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी

काठमाडौं । काठमाडौंको बालाजुमा भीषण आगलागी भएको छ ।

बालाजुस्थित लोलाङ हाइटमा एक जुत्ता कारखानामा सोमबार साँझ पौने ७ बजे आगलागी भएको हो ।

आगो निभाउन सैनिक, प्रहरी र सशस्त्र प्रहरीको टोली दमकलसहित परिचालित भएका छन् । घटनास्थलमा ४ दमकल र आधा दर्जन पानी ट्यांकर पुगेका छन् ।

जुत्ता कारखाना रहेको घरमा आगलागी भएको र नजिकै अरु सटरहरुमा पनि आगो सल्किएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077