Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

समानुपातिक तर्फका उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक (सूचीसहित)

काठमाडौं । निर्वाचन आयोगले बुधबार समानुपातिक तर्फका उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गरेको छ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ स्वीकृत निर्वाचन

कार्यक्रम बमोजिम प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्यको लागि राजनीतिक दलहरूले पेस गरेका बन्दसूचीको जाँचबुझ गरी बुधबार सार्वजनिक गरेको हो।

प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका,२०७९ को दफा २८ तथा प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका,२०७९ को दफा २८ बमोजिम कायम गरिएको उम्मेदवारको अन्तिम बन्दसूची प्रकाशन गरिएको आयोगले जनाएको छ।

प्रतिनिधिसभातर्फको ११० सिटका लागि ४७ वटा राजनीतिक दलले बन्दसूची पेश गरेका थिए भने प्रदेशसभामा २२० सिटका लागि विभिन्न राजनीतिक दलले बन्दसूची पेश गरेका थिए ।

जसमा प्रदेश एकमा ३७, मधेश प्रदेशमा ४३, बागमती प्रदेशमा ४४, गण्डकी प्रदेशमा २४, लुम्बिनी प्रदेशमा ३५, कर्णाली प्रदेशमा १६ र सुदूरपश्चिम प्रदेशमा २१ सिटका लागि विभिन्न राजनीतिक दलले बन्दसूची पेश गरेका थिए ।

यस्तो छ अन्तिम नामावली

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077