Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

हेटौंडाको तरकारी बजारमा आगलागी, एक घर र तीन पसलमा क्षति

हेटौंडा । मकवानपुरको हेटौंडा-१० स्थित तरकारी बजारमा आगलागी भएको छ। मीना साहले सञ्चालन गर्दै आएको होटलबाट सल्किएको आगोले तरकारी बजारमा फैलिँदा लाखौं रुपैयाँको सामान नष्ट भएको छ ।

तरकारी बजारका होटलमा ग्यासका सिलिण्डर पनि भएको र ती सिलिन्डर पड्किँदा आगो निभाउन समस्या भएको प्रहरीले जनाएको छ ।

तरकारी बजारमा लागेको आगो प्रहरी, दमकल र स्थानीयबासिन्दाको सहयोगमा निभाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

आगलागीका कारण खुल्न बाँकी रहेको मकवानपुर प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077