Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

महोत्तरीमा हिन्दु-मुस्लिमबीच भएको झडपको सत्यतथ्य छानबिन गर्न निर्देशन

महोत्तरी । महोत्तरीको भंगहा–८ पडरियामा हिन्दु र मुस्लिम समुदायबीच भएको झडपको सत्यतथ्य छानबिन गर्न मधेसी आयोगका अध्यक्ष डा।विजयकुमार दत्तले महोत्तरीका सिडिओलाई निर्देशन दिएका छन् ।

अध्यक्ष डा.दत्तले फोन सम्पर्क गरी सिडिओसँग घटनाको बारेमा विस्तृत जानकारी लिँदै त्यहाँको अवस्था नियन्त्रण गर्न र शान्तिपूर्ण वातावरण मिलाउन निर्देशन दिएका हुन् ।

अध्यक्ष डा।दत्तले सो झडपमा घाइते भएका पीडित र परिवारसँग भेटेर समेत घटनाबारे स्थलगत जानकारी लिएका छन् ।

बिहीबार भाइटिकाको दिन पडरियाबाट हिन्दु सम्राट सेनाले श्री रामको नारा लगाउँदै र्‍याली निकाल्दा मुस्लिम समुदायका मान्छेहरूले ढुंगामुढा प्रहार गरेपछि अवस्था तनावग्रस्त बनेको थियो ।

सामाजिक सद्भाव भड्किन सक्ने भन्दै स्थानीय प्रशासनले बिहीबार साँझदेखि लगाएको कर्फ्यू कायमै छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077