Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

महोत्तरीको भंगहामा लगाइएको कर्फ्यु हटयो, अवस्था सामान्य

काठमाडौं । महोत्तरीको भंगहा नगरपालिका-८ पररियाटोलमा लगाइएको कर्फ्यु हटाइएको छ। जिल्ला प्रशासन कार्यालय महोत्तरीले पररियाटोलको अवस्था सामान्य भएपछि गएराति १० बजेदेखि कर्फ्यु हटाइएको हो ।

१० गते बिहीबार भंगाहा नगरपालिका -८ स्थित पररियामा दुई समुदायबीच झडप पश्चात शान्ति सुरक्षा कायम गर्न सो क्षेत्रमा ४ बजेदेखि कर्फ्यु आदेश जारी गरिएको थियो ।

हाल शान्ति सुरक्षाको स्थितिमा सुधार आई सामान्यीकरण भएको देखिएकोले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६क को उपदफा ५ बमोजिम शुक्रबार राति १० बजे देखि लागू हुने गरी कर्फ्यु हटाईएको प्रमुख जिल्ला अधिकारी दिपक पहाडीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

कर्फ्यु हटाइएपछि अवस्था सामान्य भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। गत बिहीबार हिन्दू र मुस्लिम समुदायका पक्षबीच झडप भएपछि अनिश्चितकालिन कर्फ्यु लगाएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077