Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

प्रधानमन्त्री देउवालाई ओलीको प्रश्न - भारतीय ज्यादतीबिरुद्ध मौनता कहिलेसम्म ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतीय ज्यादती बारे प्रधानमन्त्री शेरबहादुर देउवाको मौनता कहिलेसम्म भन्दै प्रश्न गरेका छन् ।

सामाजिक सञ्जालमार्फत ओलीले सीमा क्षेत्रमा भारतले सडक विस्तार गर्दा नेपाली बालकको ज्यान गएको घटनाप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री देउवाको मौनता कहिलेसम्म ? भन्दै प्रश्न गरेका हुन् ।

भारतले सडक विस्तार गर्दा दार्चुलाको व्यास गाउँपालिका–२ का बालक पवन महराले ज्यान गुमाएको घटनाप्रति दुःख व्यक्त गर्दै ओलीले लेखेका छन्, ‘ढुंगा लागेर १४ वर्षीया बालिका सरिना महरा सहित स्थानीय नागरिक घाइते भएका छन् ।

घटनाको तत्काल छानबिन गरी सत्य तथ्य बाहिर ल्याउन, दोषीमाथि कारबाही गर्न र पीडित परिवारलाई तत्काल क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गर्दछु ।

तुइन काटेर गत वर्ष जयसिंह धामीलाई मारिएको घटनामाजस्तै प्रधानमन्त्री देउवाको मौनता कहिलेसम्म ?’

ओलीले ढुंगाले लागेर दार्चुलाको व्याँस गाउँपालिका २ का बालक पवन महराको ज्यान गएको घटनाको सत्य तथ्य बाहिर ल्याउन, दोषीमाथि कारबाही गर्न र पीडित पक्षलाई क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग पनि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077