Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्री कप क्रिकेट : टस जितेर एपीएफविरुद्ध बलिङ गर्दै आर्मी

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उदघाटन खेलमा दुई विभागीय टोली नेपाल एपीएफ क्लब र त्रिभुवन आर्मी क्लब मैदान उत्रिएका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आर्मीले टस जितेर बलिङ रोज्दै एपीएफलाई पहिले ब्याटिङको निम्तो दिएको हो ।आर्मी विनोद भण्डारीको कप्तानीमा खेल्दैछ भने एपीएफको नेतृत्व शरद भेषावकरले गरेका छन् ।

आर्मीका सोमपाल कामीसहित सोनु तामाङ र आकाश चन्द बेन्चमा छन् ।विनोदसँगै राजेश पुलामी मगर, रोहित कुमार पौडेल, भीम सार्की, शरिबहादुर चौहान, कुशल मल्ल, अर्जुन साउद, सुशन भारी, शाहब आलम, विक्रम सोब र जितेन्द्र मुखिया पहिलो रोजाईमा खेल्दैछन् ।

यस्तै एपीएफको पहिलो रोजाइमा शरदसँगै कमल सिंह ऐरी, सुमित महर्जन, सन्दिप जोरा, अमर सिंह राउटेला, भुवन कार्की, प्रदीप ऐरी, लोकेश बहादुर बम, किशोर महतो र मौसम ढकाल छन् ।

आयुस्मान बम, दीपक बोहरा र पुरन विक बेन्चमा छन् । मूलपानी मैदानमा समूह ‘बी’ मा रहेका नेपाल पुलिस क्लब र बागमती प्रदेशको खेल सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077