Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

चुराको गोदाममा आगलागी : एक जनाको मृत्यु, एक गम्भीर घाइते

बाँके । बाँकेमा चुराको गोदाममा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।

जिल्लाको नेपालगन्ज–५ रामनगरमा रहेको रमेशकुमार नागको घरमा मो आरिफ अन्सारीले भाडामा लिएको चुराको गोदाममा आगलागी हुँदा २३ वर्षीय समिर वलीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार आगलागीमा मृत्यु हुने वली अन्सारीका साला नाता पर्छन् । यस्तै आगालागीबाट एक जना गम्भीर घाइते भएका छन् । घाइते भएका अन्सारीकी भेरी अस्पतालमा उपचार भइरहेको छ ।

आगालगीसँगै ठूलो विष्फोट भएपछि घरमा पनि क्षति पुगेको छ । आइतबार बिहान ५ बजेर ४० मिनेटमा एक्कासी आगो लागेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077