Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सेनाद्वारा उम्मेदवारको घरमा राखिएको बम निस्क्रिय

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीबाट रुपन्देही क्षेत्र नम्बर-२ का उम्मेदवार रहेका गणेश पौडेलको घर परिसरमा बम भेटिएको छ ।

घरको गेटमा राखिएको प्रेसर कुकर बम नेपाली सेनाले डिस्पोज गरेको हो ।

बुटवल उपमहानगरपालिका–१२ नयाँगाउँस्थित उत्तम पथमा रहेको उम्मेदवार पौडेलको घरको गेटमा शंकास्पद वस्तु फेला परेपछि सेनालाई खबर गरिएको थियो ।

कार्टुनमा खतरा लेखेर राखेको वस्तु प्रेसर कुकर बम रहेको र सेनाले डिस्पोज गरेको इलाका प्रहरी कार्यलयले बुटवलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077