Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाल एयरलाइन्सको दिल्ली उडान रोकिएपछि २ सय ५४ यात्रु अलपत्र

काठमाडौं । नागरिक उड्ययन प्राधिकरण 'क्यान'ले नेपाल एयरलाइन्सको दिउँसो १:४५ बजेको दिल्ली उडान अनुमति नलिएको भन्दै वाइडबडी बिमान आरए–२१७ को उडान रोकिदिएको छ।

काठमाडौंबाट भारतको नयाँ दिल्ली उड्न लागेको नेपाल एयरलाइन्सको वाइडबडीको आरए-२१७ को उडान रोकिएपछि २ सय ५४ जना यात्रु अलपत्र परेका हुन्।

दिउँसो १:४५ बजे दिल्लीका लागि उडान गर्ने तयारी गरेको नेपाल एयरलाइन्सको उडानलाई नागरिक उड्ययन प्राधिकरणले अनुमति नभएको भन्दै रोकिदिएपछि यात्रुहरू समस्यामा परेका छन् ।

नागरिक उड्ययन प्राधिकरणले नेपाल एयरलाइन्सलाई अनुमति भन्दा बढी उडान नगर भन्दा भन्दै उडानको तयारी गरेको कारण उडान रोकेको जनाएको छ ।

प्राधिकरणले उडान कटौती हुनेबारे नेपाल एयरलाइन्सलाई करिब दस दिनअघि नै सूचना दिएको जनाएको छ।

अन्तर्राष्ट्रिय उडान गर्ने स्वदेशी वायुसेवा कम्पनी हिमालय र नेपाल एयरलाइन्सलाई प्राधिकरणले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कम्तीमा एक उडान गर्न पत्राचार गरेको थियो।

भैरहवाबाट अन्तर्राष्ट्रिय उडान सुरू नगरे काठमाडौंबाट दैनिक हुने उडान कटौती गरिने जानकारी पनि दिएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077