Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

यात्रु अलपत्र पारेको भन्दै वायुसेवा निगमलाई प्राधिकरणले सोध्यो २४ घण्टे स्पष्टीकरण

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

आइतबार काडमाडौंबाट डिल्ली उड्ने उडान नम्बर आरए–२१७ का यात्रुलाई प्राधिकरणबाट उडान स्वीकृति नलिएर विमानस्थलमा बोलाएको र अलपत्र पारेको भन्दै प्राधिकरणले २४ घण्टे स्पष्टीकरण सोधेको हो ।

उडान नभएको दिनमा यात्रुहरुलाई विमानस्थलमा बोलाएर गैरकानुनी तरिकाले बोडिङ्ग पाससमेत उपलब्ध गराएर गैरसैनिक हवाई उडान ऐन, २०१५ तथा नियमावली, २०७३ बमोजिम विमानस्थलको सुरक्षा व्यवस्थामा गम्भीर असर पारेको भन्दै वायुसेवा निगमलाई २४ घण्टे स्पष्टीकरण सोधेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077