Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाल एयरलाइन्सले सोमबार पनि रद्द गर्‍यो दिल्लीका २ उडान

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले दिल्लीका लागि सोमबार बिहान राखेका दुइटा उडान रद्द गरेको छ ।

निगमले सोमबार बिहानको नियमित र दिउँसोका लागि राखेको चार्टर गरी दुइटा दिल्ली उडान रद्द गरेको हो ।

नेपाल वायुसेवा निगमले भारतको राजधानी नयाँ दिल्लीमा गर्दै आएको उडान संख्या नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणबाट कटौती हुँदा त्यसको मारमा यात्रु परेका छन् ।

आइतवारबाट लागू भएको ‘विन्टर सेड्युल’मा निगमले तोकेको भन्दा बढी उडान तालिका राखेकोले रद्द गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार निगमले सातामा ७ वटा उडान गर्दै आएकोमा आइतवारबाट २ वटा कटौती भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077