Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

टी–२० विश्व कप : आयरल्यान्डलाई अस्ट्रेलियाको १८० रनको लक्ष्य

काठमाडौं । कप्तान आरोन फिन्चको अर्धशतकप्रेरित अस्ट्रेलियाले आईसीसी ट्वान्टी–२० विश्वकपमा सोमबार आयरल्यान्डलाई जितका लागि १८० रनको लक्ष्य दिएको छ ।

बिसब्रेन क्रिकेट मैदानमा टस हारेपछि ब्याटिङमा निम्त्याइएको घरेलु टिम अस्ट्रेलियाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १७९ रनको योगफल तयार पार्यो ।

अस्ट्रेलियाका कप्तान फिन्चले ६३ रन बनाए । उनले ४४ बलमा पाँच चौका र तीन छक्का प्रहार गरे । मार्कुस स्टोइनिसले ३५, मिचेल मार्सले २८ र ग्लेन म्याक्सवेलले १३ रन बनाए ।

आयरल्यान्डका बेरी म्याककेर्थीले तीन र जस लिटिलले दुई विकेट लिए ।

सुपर–१२ समूह–१ मा तीन खेलबाट तीन अंक जोडेको आयरल्यान्ड तालिकाको तेस्रो स्थानमा छ ।

समान अंक जोडेको अस्ट्रेलिया तालिकाको चौथो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077