Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • समानुपातिकतर्फको मतपत्र मनाङ र मुस्ताङमा मात्रै पुग्न बाँकी

    समानुपातिकतर्फको मतपत्र मनाङ र मुस्ताङमा मात्रै पुग्न बाँकी

    अनलाइन नेपाल
  • सोमबार, १४ कार्तिक २०७९
  • 663
    SHARES

    काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्यको ४ मंसिरमा हुने निर्वाचनका लागि मतपत्र छपाइको काम अन्तिम चरणमा पुगेको छ।

    करिब आठ करोड मतपत्र आवश्यक पर्नेमा सोमबारसम्म करिब सात करोड मतपत्र छपाइ भइसकेको छ।



    ३ मंसिरसम्म कायम हुने मतदाताको संख्याको आधारमा यसपटक समानुपातिकतर्फ करिब चार करोड तथा पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ करिब चार करोड मतपत्र आवश्यक पर्नेछ।



    समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र यसअघि नै छपाइ भइसकेको छ भने सोमबारसम्म पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ दुई करोड ८६ लाख ८८ हजार पाँच सय मतपत्र छपाइ भएको छ। अब करिब एक करोड १४ लाख मतपत्र मात्र छपाइ गर्न बाँकी छ।

    छपाइ भएका पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको मतपत्रमध्ये एक करोड २९ लाख ५३ हजार पाँच सय प्रदेश सभा तथा एक करोड ४६ लाख ३५ हजार प्रतिनिधिसभाको मतपत्र रहेका छन्। जसमा प्रतिनिधिसभाका लागि ५० र प्रदेश सभातर्फ ४६ जिल्लाको मतपत्र समावेश छन्।

    मनाङ र मुस्ताङबाहेकका सबै जिल्लामा समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र ढुवानी सम्पन्न भएको छ भने पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ हालसम्म ७८ लाख ६५ हजार मतपत्र ढुवानी सम्पन्न भएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार