Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सामाजिक सञ्जाल : चुनावका लागि चुनौती

    सामाजिक सञ्जाल : चुनावका लागि चुनौती

    अनलाइन नेपाल
  • शनिबार, २९ असोज २०७९
  • 705
    SHARES

    फाइल तस्विर

    पोखरा । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सामाजिक सञ्जालको प्रयोग चुनावका लागि ठूलो चुनौती भइरहेको बताएका छन् ।

    सामाजिक सञ्जालमा गलत सूचना र झुटो विवरण पनि आउने भएकाले त्यसतर्फ सचेत रहनु पर्ने बताउदै उनले सञ्चार माध्यमले स्वनियमन गर्न थाले धेरै समस्या हल हुने विश्वास व्यक्त गरे ।



    हिजो मात्रै निर्वाचन आयोग आफैले सञ्चारमाध्यमहरुमाथि नियमन गर्ने भन्दै नेपाल प्रहरी, गुप्तचर विभाग र नेपाली सेनासहितको सेल गठन गर्न लागेको विषयप्रति सरोकारवालाहरुले विरोध जनाएका थिए । नेपाल प्रेस काउन्सिलले मिडिया मोनिटरिङको काम गर्दै आएकोमा काउन्सिलको अधिकार खोस्न लागेको भन्दै निर्वाचन आयोगको विरोध भएको थियो ।



    तर, आज प्रमुख आयुक्त थपलियाले सञ्चार माध्यम आफैले स्वनियमन गर्न थाले धेरै समस्या हल बताएका हुन् ।

    नेपाल टेलिभजनका देशभरिका संवाददाताहरुलाई निर्वाचनका सम्बन्धमा गरिने रिपोर्टिङका बारेमा अभिमुखिकरण गर्न आयोजित कार्यक्रममा उनले दलका मुद्दाका बारेमा नागरिकमाझ बहस चलाउने जिम्मेवारी मिडियाको हो भने मिडियाले उक्त काम पुर्वाग्रह रहित रुपमा गरिदिनु पर्ने बताए ।

    राजनीतिक दलहरु र उम्मेदवार माथि प्रेसले प्रश्न गरिरहनु पर्ने बताउँदै उनले सबै उम्मेदवारलाई समान अवसर दिन सञ्चार माध्यमहरुलाई आग्रह पनि गरे ।

    निर्वाचनमा पैसा पराजित भएर विचार विजयी हुनु पर्ने बताएका उनले निर्वाचन हार र जितको मात्रै कुरा नभई यो त लोकतान्त्रिक प्रणाली बलियो बनाउने अवसर भएको बताए । उनले भने–‘मंसिर ४ ले नागरिक अधिकार बलियो बनाउनेछ ।’

    अहिले कुनै पनि दल निर्वाचन अवरोध गर्ने पक्षमा नरहेकाले य यो सुखद कुरा रहेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार