Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • प्रमुख आयुक्तले सञ्चारमाध्यमलाई भने – निर्वाचन प्रचारमा फजुल खर्च कम गराउन भूमिका खेल्नुस्

    प्रमुख आयुक्तले सञ्चारमाध्यमलाई भने – निर्वाचन प्रचारमा फजुल खर्च कम गराउन भूमिका खेल्नुस्

    अनलाइन नेपाल
  • शुक्रबार, २५ कार्तिक २०७९
  • 648
    SHARES

    फाइल तस्विर

    काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन प्रचारप्रसारका क्रममा हुने फजुल खर्चले वित्तीय अनुशासन उल्लघङ्नका साथै अर्थतन्त्रलाई प्रभावित पार्ने भएकाले कम खर्चमा मतदातासमक्ष दल र उम्मेदवारहरूलाई जान प्रेरित गर्ने गरी समाचार सम्प्रेषण गर्न सञ्चारमाध्यमलाई आग्रह गरेका छन् ।

    नेपाल टेलिभिजनले निर्वाचन अभिमुखीकरण तथा विषयवस्तु र प्राविधिक तयारीबारे आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो आग्रह गरेका हुन् ।



    उनले प्रतिस्पर्धात्मक समयमा स्थलमा गएर सही समाचार ल्याउन टेलिभिजनकर्मीलाई प्रविधि, जनशक्ति वा अन्य कुनै पक्षको अभावका नाममा गर्न खोजेको काम गर्न नसकिएको भन्ने छुट नभएको बताए ।



    सूचना दिएर जितिन्छ, लुकाएर जितिँदैन भन्ने मान्यताका साथ आयोगले सूचनामा सबैको समान पहुँच स्थापित गर्ने गरी संयन्त्र स्थापना र प्रवाह गरिरहेकाले तथ्य जाँच गरेर समयमा सही समाचार दिन उनले आग्रह गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार