Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • गृहमन्त्रालयलाई आयोगको निर्देशन – चुनावी प्रचारमा हेलिकोप्टरको प्रयोगमा गम्भीर बन्नू

    गृहमन्त्रालयलाई आयोगको निर्देशन – चुनावी प्रचारमा हेलिकोप्टरको प्रयोगमा गम्भीर बन्नू

    अनलाइन नेपाल
  • आइतबार, २७ कार्तिक २०७९
  • 537
    SHARES

    काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन प्रचारप्रसारमा हेलिकोप्टरको प्रयोगको विषयलाई लिएर गृह मन्त्रालय संवेदनशील बन्नुपर्ने बताएका छन् ।

    आइतबार निर्वाचन आयोगमा निर्वाचन आचारसंहिता कार्यान्वयनसम्बन्धी एकीकृत कार्ययोजना, २०७९ माथि छलफल गर्दै उनले हेलिकोप्टरको प्रयोगको विषयमा गृह मन्त्रालय संवेदनशील बन्नुपर्नेमा जोड दिए ।



    उनले निर्वाचनको प्रचार गर्न बिरामी भएको नाटक गर्ने गरेको उजुरी आएकेले त्यसतर्फ संवेदनशील बन्न गृह मन्त्रालयलाई निर्देशन दिए ।



    बिरामीको नाटक गरी चुनावी प्रचारप्रसार गरेका दुईवटा उजुरी आएकाले आयोग कारबाहीका लागि अग्रसर रहेको उनले उल्लेख गरे ।

    उनले निर्वाचन आचारसंहितामा ७२ घण्टा हेलिकोप्टर उडाउन पाउने उल्लेख भएकाले संखुवासभामा चुनावी प्रचारमा समय गनेरै ७२ घण्टामा विभिन्न १० ठाउँमा चुनावी प्रचारप्रसार गरेको पाइएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार