Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सबैका लागी पढाई कार्यक्रमको सेवा अवधि समाप्त

    अपाङ्गताका सवालमा वकालत गरेको भन्दै पत्रकार भट्ट सम्मानित

    अपाङ्गताका सवालमा वकालत गरेको भन्दै पत्रकार भट्ट सम्मानित

    अनलाइन नेपाल
  • सोमबार, १४ कार्तिक २०७९
  • 942
    SHARES

    कैलाली । सर्वाङ्गीण अपाङ्गता विकास समाज नेपालले पत्रकार समीर प्रशाद भट्टलाई सम्मान गरेको छ । अपाङ्गता भएका नागरिकहरूको आवाजलाई सरकारको नीति निर्माण तह सम्म पुर्‍याउन अहम् भूमिका खेलेको भन्दै पत्रकार भट्टलाई सम्मान गरिएको हो ।

    सोमबार धनगढीमा सबैका लागी पढाई कार्यक्रमको सेवा अवधि सकिएको जानकारी गराउन आयोजित कार्यक्रममा उनलाई सम्मान–पत्र प्रदान गरिएको थियो ।



    समापन बैठकका प्रमुख अतिथि राष्ट्रिय अपाङ्ग महासंघ सुदूरपश्चिम अध्यक्ष मान बहादुर साउँदले पत्रकार भट्टलाई दोसल्ला ओढाएर सम्मान–पत्र प्रदान गरे ।



    ‘अपाङ्गता भएका व्यक्तिहरूको सामाजिक समायोजन, समावेशी शिक्षा, सशक्तीकरण र अपाङ्गता भएका नागरिकहरूको आवाजलाई सरकारको नीति निर्माण तह सम्म पुयाउन खेल्नु भएको अहम् भूमिकाको उच्च मूल्याङ्कन गर्दै आगामी दिनमा पनि सञ्चारमा अपाङ्गता मूल प्रवाहीकरण गर्न यहाँको अतुलनीय योगदान रहने विश्वासका साथ यहाँको उत्तरोत्तर प्रगतिको कामना गर्दै स-धन्यवाद यो सम्मान पत्र प्रदान गरिएको छ,’ सम्मान–पत्रमा उल्लेख छ ।

    पत्रकार भट्ट सोधपत्र डटकमका प्रकाशक समेत हुन् । भने रेडियो धनगढी र धनगढी खबर डटकममा समाचार संयोजकको रुपमा समेत कार्यरत छन् । यस अगाडि पनि सर्वाङ्गीण अपाङ्गता विकास समाज नेपालले विभिन्न पत्रकारहरूलाई सम्मानित गरिसकेको छ ।

    यस्तै युएसएआइडीको आर्थिक सहयोग र ह्याण्डिीक्याप ईन्टरनेशनलको सहकार्यमा सर्वाङ्गीण अपाङ्गता विकास समाज नेपालले कैलालीका सबै स्थानीय तहमा ४ वर्ष सम्म सञ्चालनमा रहेको सबैका लागी पढाई कार्यक्रमको सेवा अवधि समाप्त भएको जानकारी गराएको छ ।

    सबैका लागि पढाइ कार्यक्रम यूएसएआईडीको ५.८८ मिलियन अमेरिकी डलरको सहयोगमा ३ वर्षे सम्म सञ्चालनमा रहेको कार्यक्रम हो ।

    तीन हजार ४१५ वटा विद्यालयहरूका कक्षा १ देखि ३ सम्मका अपाङ्गता भएका बालबालिकाहरूको पठन उपलब्धि सुधारको लागि प्रयास गरेको सर्वाङ्गीण अपाङ्गता विकास समाज नेपाल सुदूरपश्चिमले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार