Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ललितपुरमा एक पुरुषको हत्या, एकजना पक्राउ

काठमाडौं । ललितपुरको सुनाकोठीमा सोमबार राति सवा ७ बजेतिर एक पुरुषको हत्या भएको छ ।

ललितपुर महानगरपालिका-२७ सुनाकोठीस्थित एक घरको डेरामा बस्दै आएका रामचन्द्र राईको हत्या भएको हो ।

जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार अन्दाजी ३५/४० वर्षीय रामचन्द्रको हत्या आरोपमा सँगै डेरा गरी बस्दै आएका ४१ वर्षीय राजेन्द्र राई पक्राउ परेका छन् ।

धारिलो हतियार प्रयोग गरी रामचन्द्रको हत्या भएको प्रहरीले जनाएको छ । उनीहरूबीच के(कस्तो विवाद भएको थियो भन्ने खुलिसकेको छैन । घटना बारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077