Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

फ्रान्सका मिडफिल्डर पोग्बाले कतार विश्वकप गुमाउने

एजेन्सी । डिफन्डिङ च्याम्पियन फ्रान्सका स्टार पाउल पोग्बाले फिफा विश्वकप फुटबल गुमाउने भएका छन् ।

चोटका कारण उनले आगामी महिना कतारमा हुने विश्वकप फुटबल गुमाउन लागेका हुन् ।

घुँडाको अपरेसन गरेका पोग्बालाई निको हुन अझै केही समय लाग्ने भएकाले उनले विश्वकप गुमाउने पक्का भएको हो ।

विश्वकपमा फ्रान्सले आफ्नो पहिलो खेल नोभेम्बर २२ मा अष्ट्रेलियाविरुद्ध खेल्दै छ।

गत मार्च महिनायता पोग्बाले फ्रान्सको लागि कुनै पनि खेल खेलेका छैनन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077