Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • फ्रान्सका मिडफिल्डर पोग्बाले कतार विश्वकप गुमाउने

    फ्रान्सका मिडफिल्डर पोग्बाले कतार विश्वकप गुमाउने

    अनलाइन नेपाल
  • मंगलबार, १५ कार्तिक २०७९
  • 660
    SHARES

    एजेन्सी । डिफन्डिङ च्याम्पियन फ्रान्सका स्टार पाउल पोग्बाले फिफा विश्वकप फुटबल गुमाउने भएका छन् ।

    चोटका कारण उनले आगामी महिना कतारमा हुने विश्वकप फुटबल गुमाउन लागेका हुन् ।



    घुँडाको अपरेसन गरेका पोग्बालाई निको हुन अझै केही समय लाग्ने भएकाले उनले विश्वकप गुमाउने पक्का भएको हो ।



    विश्वकपमा फ्रान्सले आफ्नो पहिलो खेल नोभेम्बर २२ मा अष्ट्रेलियाविरुद्ध खेल्दै छ।

    गत मार्च महिनायता पोग्बाले फ्रान्सको लागि कुनै पनि खेल खेलेका छैनन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार