Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • एमबाप्पेका लागि मैदानमा पुगे फ्रान्सका राष्ट्रपति म्याक्रोँ

    एमबाप्पेका लागि मैदानमा पुगे फ्रान्सका राष्ट्रपति म्याक्रोँ

    अनलाइन नेपाल
  • सोमबार, ४ पुष २०७९
  • 825
    SHARES

    काठमाडौं । विश्वकप फुटबलको फाइनलमा फ्रान्सेली स्टार स्ट्राइकर केलियन एमबाप्पेले फाइनलमा उत्कृष्ट प्रदर्शन गरेपनि जित हासिल हुन सकेन ।

    उनले ब्याक टु ब्याक तीन गोल गर्दै अर्जेन्टिनाविरुद्धको खेलमा टीमलाई फर्काएपनि पेनाल्टी सुटआउटमा फ्रान्स पराजित भएको हो ।



    यसैबीच फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याक्रोँ खेलपछि निराश बनेका एम्बाप्पेलाई सान्त्वना दिन पुगेका छन् । पराजयसँगै दुःखी बनेका एमबाप्पेलाई राष्ट्रपतिले मैदानमा पुगेर सान्तवना दिएका हुन् ।



    फाइनल खेल हेर्न राष्ट्रपति म्याक्रोँ कतार पुगेका थिए । एमबाप्पेको ह्याट्रिकले अतिरिक्त समयको खेल बराबरीमा टुंगिएपनि अर्जेन्टिनाले पेनाल्टी सुटआउटमा फ्रान्सलाई ४ –२ ले हराएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार