Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • रोनाल्डोलाई एमबाप्पेले भने – तिमी सर्वकालीन महान फुटबलर हौ

    रोनाल्डोलाई एमबाप्पेले भने – तिमी सर्वकालीन महान फुटबलर हौ

    अनलाइन नेपाल
  • मंगलबार, २७ मंसिर २०७९
  • 843
    SHARES

    काठमाडौं । फ्रान्सका स्ट्राइकर केलियन एमबाप्पेले क्रिस्टियानो रोनाल्डो सर्वकालीन महान खेलाडी भएको औंल्याएका छन् । सामाजिक सञ्जालमा रोनाल्डोले राखेको स्टाटसमा कमेन्ट गर्दै एमबाप्पेले तीनवटा इमोजी प्रयोग गरेका छन् ।

    जसमा एउटामा बाख्राको इमोजी राखिएको छ । ग्रेटेस्ट अफ अल टाइमको छोटकरी गट हुने भएकाले त्यसलाई बुझाउन बाख्राको इमोजी राख्ने गरिन्छ ।



    विश्व फुटबलमा सर्वकालीन महान खेलाडी को भन्ने विवाद चलिरहेका वेला एमबाप्पेले रोनाल्डोप्रति संकेत गरेका हुन् । विश्वकपको क्वाटरफाइनलबाट बाहिरिएको भोलिपल्ट रोनाल्डोले आफ्नो पोर्चुगलप्रतिको समर्पण निरन्तर रहने उल्लेख गरेका थिए ।



    एमबाप्पेले रोनाल्डोलाई आफ्नो आदर्श मान्ने गरेका छन् । तर, सर्वकालीन महान खेलाडीको प्रतिस्पर्धामा रहेका लियोनल मेस्सीसँग एमबाप्पेले दुई वर्षयता खेलिरहेका छन् ।

    विभिन्न सन्दर्भमा एमबाप्पेले मेस्सीलाई सर्वोत्कृष्ट खेलाडीका रुपमा सम्बोधन गर्ने गरेका थिए । फ्रान्सको पेरिस सेन्ट जर्मन (पीएसजी)बाट व्यवसायिक फुटबल खेलिरहेका एमबाप्पे र मेस्सीको ‘कम्बिनेसन’ पछिल्लो समय थप प्रभावशाली बन्दै गएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार