Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • घुँडाको चोटका कारण युभेन्ट्सका मिडफिल्डर पोग्बाले विश्वकप गुमाउने

    घुँडाको चोटका कारण युभेन्ट्सका मिडफिल्डर पोग्बाले विश्वकप गुमाउने

    अनलाइन नेपाल
  • मंगलबार, १५ कार्तिक २०७९
  • 717
    SHARES

    एजेन्सी । युभेन्ट्सका मिडफिल्डर पउल पोग्बाले फ्रान्सका लागि कतार विश्वकप गुमाउने भएका छन् । घुँडाको चोटबाट निको हुन अझै समय लाग्ने भएपछि उनले विश्वकपमा खेल्न नसक्ने भएका हुन् ।

    पोग्बा अहिले घुँडाको शल्यक्रियापछि आराम गरिरहेका छन् । म्यानचेस्टर युनाइटेडबाट सिरी ‘ए’ क्लब आएयता २९ वर्षीय पोग्बाले यो सिजन खेलेका छैनन् ।



    जुलाईमा उनी चोटग्रस्त भएका थिए र यसबाट मुक्त हुन शल्यक्रियाको बाटो रोजेको थिए । जारी सिजनको सुरुमै म्यानचेष्टर युनाइटेडबाट युभेन्टस आएका उनले चोटकै कारण सिरी एमा खेलेका छैनन् ।



    गत जुलाईमा घुँडाको चोट लागेको भए पनि उनले विश्वकप खेल्नकै लागि भनेर तत्काल शल्यक्रिया नगर्ने निर्णय गरेका थिए । कतार विश्वपकमा फ्रान्सले नोभेम्बर २२ मा आफ्नो पहिलो खेल अष्ट्रेलियासँग खेल्ने छ । यो समूहमा डेनमार्क र ट्युनिसिया पनि छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार