Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

टी-२० विश्वकप : श्रीलङ्काले अफगानिस्तानलाई ६ विकेटले हरायाे

काठमाडौँ । जारी टी-२० विश्वकप अन्तर्गत श्रीलंकाले अफगानिस्तानले पराजित गरेको छ । मंगलबार सम्पन्न खेलमा श्रीलंकाले अफगानिस्तानलाई ६ विकेटले पराजित गरेको हो ।

अफगानिस्तानले दिएको १४५ रनको लक्ष्य पछाएको श्रीलंकाले १८.३ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको अफगानिस्तानले २० ओभरमा ८ विकेट गुमाउदै १४४ रन बनाएको थियो ।

यो जितपछि श्रीलंकाले ४ खेलमा ४ अंक हासिल गरेको छ भने सुपर १२ को समुह १ मा तेस्रो स्थानमा उक्लिएको छ ।

त्यस्तै अफगानिस्तानको भने ४ खेलमा २ अंक मात्र छ र अफगानिस्तानको सेमिफाइनलको सम्भावना सकिएको छ ।

अफगानिस्तानले सुपर १२ मा खेलेका ४ खेल मध्ये २ खेलमा हार बेहोरेको छ भने २ खेल बर्षाले रद्ध भएका थिए ।

अब अफगानिस्तानले यस विश्वकपमा आफ्नो अन्तिम खेल आयोजक अस्ट्रेलियासँग आगामी शुक्रबार खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077