Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • एमालेको घोषणापत्रमा नेपाली झण्डासहितको पानीजहाज चलाउने घोषणा

    एमालेको घोषणापत्रमा नेपाली झण्डासहितको पानीजहाज चलाउने घोषणा

    अनलाइन नेपाल
  • मंगलबार, १५ कार्तिक २०७९
  • 729
    SHARES

    काठमाडौं । नेकपा एमालेले आफ्नो चुनावी घोषणापत्रमा झण्डासहितको पानीजहाज चलाउने घोषणा पुनः दोहोर्‍याएको छ ।

    अघिल्लो निर्वाचनमा समेत एमालेले यो योजनालाई प्राथमिकता दिएको थियो ।



    आज (मंगलबार) सार्वजनिक पार्टीको चुनावी घोषणापत्रको ६१ पृष्ठमा सो कुरा उल्लेख गरिएको छ ।



    घोषणापत्रमा भनिएको छ,‘छिमेकी मित्रराष्ट्रको सामुन्द्रिक बन्दरगाह प्रयोग गरी नेपाली झण्डासहितको पानीजहाज सञ्चालनमा ल्याइनेछ ।

    नेपालका प्रमुख नदी हुँदै गंगाबाट कलकत्ता बन्दरगाह र समुन्द्रसम्मको जल यातायात सञ्चालन गरिनेछ ।’

    एमालेले विद्युतीय सवारीसाधनको प्रयोगलाई प्रवद्र्धन गर्ने जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार