Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

टी-२० विश्वकप : न्यूजिल्यान्ड इङल्यान्डसँग २० रनले पराजित

काठमाडौँ । जारी टी-२० विश्वकपमा ईङल्याण्डले न्यूजील्याण्डलाई पराजित गरेको छ ।

मंगलबार सम्पन्न खेलमा ईङल्याण्डले न्यूजील्याण्डलाई २० रनले पराजित गरेको हो ।

ब्रिस्वेन क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको इङल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८० रनको लक्ष्य न्यूजिल्यान्डसामु प्रस्तुत गरेको थियो ।

इङ्ल्यान्डले दिएको लक्ष्य पछ्याएको न्यूजिल्यान्डले २० ओभरमा ६ विकेट गुमाएर १५९ रनमात्रै बनाउन सक्यो ।

अब सुपर १२ को अन्तिम खेलमा न्यूजील्याण्डले आगामी शुक्रबार आयरल्याण्डसँग खेल्ने छ भने ईङल्याण्डले आगामी शनिबार श्रीलंकाविरुद्ध खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077