Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पाकिस्तानी प्रधानमन्त्री शहबाज बेइजिङमा

एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ चीनको राजधानी बेइजिङ पुगेका छन् । उनी दुई दिने भ्रमणका लागि मंगलबार बेलुका चीन प्रस्थान गरेका थिए ।

आफ्ना चिनियाँ समकक्षी ली खछ्याङको निमन्त्रणामा बेइजिङमा पुगेका प्रधानमन्त्री सरिफले चीनका राष्ट्रपति सी जिनपिङलाई भेट्ने कार्यक्रम छ ।

साथै प्रधानमन्त्री लीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नुहुने चिनियाँ विदेश मन्त्रालयले जनाएको छ । पाकिस्तानको प्रधानमन्त्री भएपछि सरिफले पहिलोपटक चीनको भ्रमण गरेका हुन् ।

यो भ्रमणमा दुवै पक्षले आपसी चासोका सबै विषयमा छलफल गर्नुका साथै रणनीतिक सहयोग एवं साझेदारीको समीक्षा गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077