एजेन्सी । भारतले यस वर्षको बजेटमा घोषणा गरेको डिजिटल मुद्रालाई कार्यान्वयनमा ल्याएको छ । भारतीय रिजर्ब बैंक आरबीआई ले १ नोभेम्बर (मंगलबार) देखि परीक्षणका रुपमा प्रचलनमा ल्याएको हो ।
आरबीआईले परीक्षणका क्रममा होलसेल ट्रान्जेक्सन र क्रस बोर्डर पेमेन्टमा यस्तो मुद्रा प्रचलनमा ल्याएको हो । आरबीआईले यस परीक्षणका लागि ९ वटा बैंकहरु समावेश गरेको छ ।
डिजिटल मुद्राको प्रचलनसँगै अब मानिसहरुले नगदमा निर्भर रहनु पर्ने बाध्यता हट्ने छ । डिजिटल करेन्सी प्रचलनमा आउनु अगाडि कारोबारका लागि नगद वा चेक अथवा कुनै बैंकिङ प्रणालीका माध्यमबाट भइरहेको थियो ।
अब भने डिजिटल नोटमा कुनै ‘हार्ड करेन्सी’ हुने छैन । ‘वालेट टू वालेट’ कारोबार सम्भव हुनेछ ।
डिजिटल करेन्सी प्रचलनमा आएपनि तत्काल भौतिक मुद्रा भने प्रचलनबाट हराउने छैन । पहिलो चरणमा ठूलो कारोबारमा आएको डिजिटल मुद्रा आम सर्वसाधारणमा प्रचलनमा आउन भने समय लाग्नेछ ।