Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

गण्डकी सरकारलाई करको दर खारेज गर्न आयोगको निर्देशन, मुख्यमन्त्री र मन्त्रीलाई स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले करको दर घटाउने गण्डकी प्रदेश सरकारको निर्णय २४ घण्टाभित्र खारेज गर्न निर्देशन दिएको छ ।

आयोगको बुधबार बसेको बैठकले निर्वाचन आचारसंहिता लागू भइसकेपछि गरिएको करको दर हेरफेर गर्ने निर्णय बदर गरी २४ घण्टाभित्र आफूलाई जानकारी गराउन निर्देशन दिएको हो ।

करको दरमा छुट दिने नीतिगत निर्णय गरेर कार्यान्वयन गर्दा निर्वाचनको स्वच्छता र निष्पक्षतामा असर पर्न सक्ने आयोगको ठहर छ । आयोगले २४ घण्टाभित्र खारेजको निर्णय गरी त्यसको जानकारी तत्काल आयोगमा उपलब्ध गराउन निर्देशन दिएको छ ।

यस्तै करको दर हेरफेर गर्ने निर्णय प्रक्रियामा संलग्न गण्डकी प्रदेशका मुख्यमन्त्री, आर्थिक मामिला तथा योजनामन्त्री‚ प्रमुख सचिव, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिवलाई निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा आयोगले २४ घण्टे स्पष्टीकरणसमेत सोधेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077