Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • कार्कीको उम्मेदवारी कायम राख्ने आदेशविरुद्ध सर्वोच्च जाने आयोगको निर्णय

    कार्कीको उम्मेदवारी कायम राख्ने आदेशविरुद्ध सर्वोच्च जाने आयोगको निर्णय

    अनलाइन नेपाल
  • बुधबार, १६ कार्तिक २०७९
  • 912
    SHARES

    काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीको उमेदवारी खारेजीको मागसहित सर्वोच्च अदालत जाने निर्णय गरेको छ ।

    तोसिमाको उमेदवारी तत्काल खारेज नगर्न सर्वोच्चले दिएको अन्तरिम आदेश खारेजीको माग गर्दै आयोग सर्वोच्च जाने भएको हो ।



    लाभको पदमा रहेको भन्दै निर्वाचन आयोगले तोसिमाको उम्मेदवारी खारेज गरिदिएको थियो ।



    तर मंगलबार सर्वोच्च अदालतका न्यायाधीश डा. कुमार चुडालको इजलासले तोसिमाको उम्मेदवारी खारेज नगर्न अन्तरिम आदेश दिएपछि उनको उम्मेदवारी कायम रहेको छ ।

    सो अन्तरिम आदेश खारेजीको माग गर्दै शुक्रबारसम्म सर्वोच्च जाने आयोगको तयारी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार