Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • रास्वपाकी सांसद कार्कीले भनिन् – मच्छिन्द्रनाथको जात्रालाई विश्व सम्पदा सूचीमा समावेश गराइयोस्

    रास्वपाकी सांसद कार्कीले भनिन् – मच्छिन्द्रनाथको जात्रालाई विश्व सम्पदा सूचीमा समावेश गराइयोस्

    अनलाइन नेपाल
  • सोमबार, ८ जेष्ठ २०८०
  • 630
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा.तोसिमा कार्कीले ललितपुर कला संस्कृतिको धरोहर भए पनि राज्यको आँखा नपरेको बताकी छिन् ।

    संसदको नीति तथा कार्यक्रमको विषयमा बोल्दै सांसद कार्कीलले यस्तो बताएकी हुन् ।



    कार्कीले भनिन्, ‘ललितपुर सांस्कृतिक धरोहर भन्ने गरिए पनि राज्यको आँखा परेनछ । २०७२ सालको भूकम्पपछि पुनर्निर्माणको काम सकियो भनेर पुनर्निर्माण प्राधिकरण विघटन भइसक्यो । बुङमतीको रातो मछिन्द्रनाथ, खोकनाको रुद्रायणी मन्दिर ८ वर्षसम्म पुनर्निर्माण हुन सकेन । यो मन्दिरको पुनर्निर्माण सम्पन्न हुने गरी बजेट विनियोजन गर्न माग गर्दछु ।’



    उनले मच्छिन्द्रनाथको जात्रा, बाह्रमासे जात्रा र भोटो जात्रालाई विश्व सम्पदा सूचीमा समावेश गर्न माग गरिन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार