Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • ६ वर्षदेखि ‘भीआईपी’ सडकको बिजोग

    ६ वर्षदेखि ‘भीआईपी’ सडकको बिजोग

    अनलाइन नेपाल
  • आइतबार, १२ चैत्र २०७९
  • 516
    SHARES

    काठमाडौं । ललितपुरको नख्खु–भैंसेपाटी सडक खण्डको काम सुरु भएको ६ वर्ष भयो । अहिलेसम्म सडकले नयाँ स्वरुप पाउन सकेको छैन । त्यही बाटो पार गरेर दैनिक मन्त्रीदेखि विदेशी राजदूतसहित दर्जनौं भीआईपी ओहोरदोहोर गर्छन् ।

    तर बाटोको बारेमा के भइरहेको छ भन्ने कसैलाई जानकारी छैन । बाटो निर्माण हुनुभन्दा पछि शुरु भएको भैंसेपाटीमा नयाँ मन्त्री क्वार्टर, मुख्यमन्त्री र प्रदेश प्रमुखको आवास निर्माण सम्पन्न हुने चरणमा पुगेको छ ।



    सडकको दुरावस्था हेर्न उपप्रधान तथा भौतिक योजना तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ उक्त क्षेत्रमा दुईपटक पुगेका छन्। चार दिनअघि उनी दोस्रोपटक दलबलसहित सो सडकखण्ड पुगेका थिए । मन्त्री श्रेष्ठले तत्काल सडक कालोपत्रे गर्न निर्देशन दिँदै फर्कने गरेका छन्। तर उपलब्धि हुन सकेको छैन ।



    राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोषिमा कार्कीले सो बाटोको बारेमा आफूले दैनिकजसो फलोअप गरिरहेको बताइन् । उनले भनिन्– ‘म यो क्षेत्रको सांसद भएपछि प्रतिनिधिसभामा विशेष समय लिएर सो सडक खण्डको बारेमा बोलेको थिएँ । तत्काल भौतिक योजना तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले टेलिफोन गरी सो सडकको निर्माण भइरहेको बताउनुभएको थियो, अहिले काम भइरहेको छ । हामीले वैशाखसम्म काम सक्ने आश्वासन पाएका छौं ।’

    हरेक साँझ बिहान सोही बाटो हिँड्ने गरेकी सांसद डा. कार्कीले शुरुमा ठेकेदार र अहिले सडकको कारण समस्या भएको बताइन् । नेपाल समाचारपत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार