Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • अपार्टमेन्ट निर्माण प्रक्रियाको वैधानिकता खोजी गरियोस् : डा. तोसिमा कार्की

    अपार्टमेन्ट निर्माण प्रक्रियाको वैधानिकता खोजी गरियोस् : डा. तोसिमा कार्की

    अनलाइन नेपाल
  • बुधबार, २९ चैत्र २०७९
  • 579
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले देशभर बनिरहेका होटल, भवन र अपार्टमेन्टहरूको तत्काल वैधानिकता खोजी गर्न सरकारसँग माग गरेकी छन् ।

    उनले बुधबार प्रतिनिधिसभामा बैठकमा बेल्दै उनले ललितपुरको बखुन्डोलमा निर्माणाधीन समिट अपार्टमेन्ट वैधानिक नरहेको उल्लेख गर्दै सरकारले त्यस्ता भवनहरूको बैधानिकता खोजी गर्नुपर्ने बताइन् ।



    उनले समिट अपार्टमेन्ट निर्माणको क्रममा वरपर भासिएका घरहरूको उचित क्षतिपूर्तिको व्यवस्था गर्न र निर्माण प्रक्रियामा संलग्नलाई कारबाही गर्न समेत माग गरेकी छन् ।



    सांसद कार्कीले अपार्टमेन्टको निर्माण कार्य तत्काल रोकी छानबिनको कामलाई तत्काल अघि बढाउन पनि सरकारसँग माग गर्दै बैधानिकता खोजीका लागि छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने बताईन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार