Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

यी चार मतदान केन्द्र अस्थायी रूपमा सारियो [सूचीसहित]

काठमाडौं । निर्वाचन आयोगले चार वटा मतदान केन्द्र अस्थायी रुपमा सारेको छ ।

मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा जिल्लाका निर्वाचन अधिकृत कार्यालयहरूबाट मतदान केन्द्र अस्थायीरूपमा सार्न र नाम परिवर्तन गरी मतदान गराउने व्यवस्थाका लागि सहमति माग भएको भन्दै आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ तथा प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३४(३) बमोजिम निर्वाचन आयोगले अस्थायीरूपमा मतदान सार्ने निर्णय गरेको हो।

आयोगका अनुसार काठमाडौं क्षेत्र नं १० अन्तर्गत रहेको कातेघर मतदान स्थलका क र ख मतदान केन्द्र, काठमाडौं क्षेत्र नं ५ को नारायाणस्थान सत्तल मतदान केन्द्र क र ख, काठमाडौं क्षेत्र नं ७ अन्तर्गत रहेको चमुण्डा इंगलिस स्कुल र डोल्पाको सगरामाथा आ.वि ताराकोट मतदान केन्द्र सारिएको हो ।

यी हुन् अस्थायी रूपमा सारिएका मतदान केन्द्रहरू :

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077