Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • उत्तर कोरियाले एकैदिन प्रहार गर्‍यो २३ क्षेप्यास्त्र

    उत्तर कोरियाले एकैदिन प्रहार गर्‍यो २३ क्षेप्यास्त्र

    अनलाइन नेपाल
  • बिहिबार, १७ कार्तिक २०७९
  • 804
    SHARES

    फाइल तस्विर

    एजेन्सी । उत्तर र दक्षिण कोरियाले बुधबार एकअर्काका समुद्री तट नजिकका जलीय क्षेत्रमा थुप्रै क्षेप्यास्त्र प्रहार गरेका छन् । उत्तर कोरियाले अहिलेसम्मकै सबैभन्दा बढी अर्थात् एकैदिनमा कम्तीमा २३ वटा क्षेप्यास्त्र प्रहार गरेको हो ।

    तीमध्ये एउटा क्षेप्यास्त्र दक्षिण कोरियाको सोक्चो सहरदेखि ६० किलोमिटर भन्दा नजिक खसेको थियो । यस घटनाले दुई पक्षबीचको शत्रुता अझै बढेको देखाएको छ ।



    यसको प्रत्युत्तरमा सोलले विवादास्पद समुद्री सिमांकन रेखामा लडाकु विमानमार्फत वायुबाट जमिनमा मारहान्ने तीनवटा क्षेप्यास्त्र प्रहार गरेको थियो । पछि प्योङयाङले ६ वटा क्षेप्यास्त्र र तोपबाट १ सय वटा गोलाबारुद प्रहार गरेको थियो ।



    उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियाले सुरु गरेको ठूलो परिमाणको संयुक्त सैनिक अभ्यासप्रति प्रतिक्रिया जनाउन क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार