Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

बाबुराम भट्टराईले भने - कांग्रेस र कम्युनिष्ट विगतदेखि नै सहकार्य गर्दै आएका छन्

काडमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा.बाबुराम भट्टराईले मंसिर ४ को निर्वाचनमा अग्रगामी शक्तिलाई जिताउनुपर्ने बताएका छन्।

पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । उनले कांग्रेस र कम्युनिष्ट खास खास मुद्दामा मिलेको बताए।

भट्टराईले कांग्रेस र कम्युनिष्ट सहकार्य पनि र प्रतिष्पर्धा पनि गर्दै आएको उल्लेख गरे। उनले अहिलेको अवस्था विशिष्ट भएकाले गठबन्धन आवश्यक भएको दाबी गरे।

उनले विकास र समृद्धिको अभियानमा अग्रिणी भूमिका खेल्न सबैलाई आह्वान गरे। कृषि प्रधान अर्थतन्त्रलाई औधोगिक अर्थतन्त्रमा रुपान्तरण गर्नुपर्ने आवश्यकता रहेको उनको भनाई छ।

उनले बुढीगण्डकी जलविद्युत आयोजना छिटो अगाडि बढाउनुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077