Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पाकिस्तानद्वारा दक्षिण अफ्रिकालाई १८६ रनको लक्ष्य

काठमाडौं । इफ्तिखर अहमेद र सद्दाब खानको अर्धशतकप्रेरित पाकिस्तानले मा बिहीबार दक्षिण अफ्रिकासामु १८६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

सिड्नी क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको पाकिस्तानले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १८५ रन बनायो ।

आक्रामक रूपमा प्रस्तुत भएका सद्दाबले २२ बलमा तीन चौका र चार छक्कासहित ५२ रन बनाए । इफ्तिखर अहमेदले ३५ बलमा तीन चौका र दुई छक्कासहित ५१ रन जोडे । मोहम्मद हरिस र मोहम्मद नवाजले समान २८ रनको योगदान गरे ।

दक्षिण अफ्रिकाका एनरिक नोट्जेले चार विकेट लिए । वायन पर्नेल, कगिसो रबाडा, लुङी एनगिडी र तबरेज साम्सीले समान एक विकेट लिए ।

सेमिफाइनल सम्भावना कायम राख्न आज दुवै टिमलाई जित्नैपर्ने दबाब छ । समूह अन्तर्गत दक्षिण अफ्रिका ३ खेलबाट पाँच अंक जोड्दै दोस्रो स्थानमा छ ।

आजको खेल हारेमा पाकिस्तान टी-२० विश्वकप बाट बाहिरिनेछ । यस खेलमा जीत निकाल्न सके र अन्तिम खेलमा बंगलादेशलाई हराए पाकिस्तान सेमिफाइनल पुग्ने अंक गणितीय सम्भावना रहनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077