Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

स्रोत नखुलेको साढे पाँच लाखसहित एकजना पक्राउ

कपिलवस्तु । कपिलवस्तुमा स्रोत नखुलेको भारतीय रकमसहित एकजना पक्राउ परेका छन् ।

अर्घाखाँची सन्धीखर्क नगरपालिका –१ मिडियाचोक बस्ने वर्ष ३९ का मुक्ति खनाल ५ लाख ५२ हजार ८ सय भारतीय रूपैयाँसहित पक्राउ परेका हुन् ।

उनको साथबाट ५ लाख ५२ हजार ८ सय रूपैयाँ स्रोत नखुलेको भारतीय रकम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

खनाललाई यशोधरा गाउँपालिका –७ मर्यादापुरस्थित खटिएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा तौलिहवाबाट मर्यादापुर जाँदै गरेको लु १६ प ४११७ नम्बर मोटरसाइकल रोकी चेकजाँच गर्ने क्रममा पक्राउ गरेको जनाएको छ ।

खनाललाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि राजस्व भन्सार कार्यालय रुपन्देही पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077