Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • फिलिपिन्समा शक्तिशाली आँधी : १५० जनाको मृत्यु, १८ लाख प्रभावित

    फिलिपिन्समा शक्तिशाली आँधी : १५० जनाको मृत्यु, १८ लाख प्रभावित

    अनलाइन नेपाल
  • शुक्रबार, १८ कार्तिक २०७९
  • 729
    SHARES

    एजेन्सी । फिलिपिन्समा आएको शक्तिशाली आँधीका कारण १ सय ५० जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्का अनुसार आँधीमा परि ३६ जना बेपत्ता छन् ।

    हिजो आएको पाएङ नामको आँधीबाट मिमारोपा, विकोल क्षेत्र, पश्चिमी भिसायास, जाम्बोनागा प्रायद्वीप, दक्षिणी कोटाबाटो, सुल्तान कुदारत, साराङगानी र सान्तोस सहर अति प्रभावित भएका छन् ।



    आँधीले ३९ लाख नागरिक प्रभावित भएका छन् भने ४ सय ९९ सडकमा क्षति पुगेको छ । त्यसैगरी १ सय २० वटा पुल आंशिक वा पूर्ण रूपमा भत्केका छन् ।



    आँधीका कारण राजधानी मनिलासहित १७ क्षेत्रका ३१ हजार ९ सय ४२ गाउँका १८ लाख १२ हजार ७ सय ४० जना नराम्ररी प्रभावित भएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार