Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • नेपाल कम्युनिष्ट पार्टीका नेता शरद वली रिहा

    नेपाल कम्युनिष्ट पार्टीका नेता शरद वली रिहा

    अनलाइन नेपाल
  • शुक्रबार, १८ कार्तिक २०७९
  • 672
    SHARES

    काठमाडौं । निर्वाचन बहिष्कार सम्बन्धित प्रचार सामग्रीसहित पक्राउ परेका नेपाल कम्युनिष्ट पार्टीका नेता शरद वली रिहा भएका छन् ।

    नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीका केन्द्रीय सदस्य वलीलाई बिहीबार प्रहरीले नवलपुरको बसन्तपुरबाट पक्राउ गरेको थियो।



    उनलाई आज बिहान प्रहरीले रिहा गरेको हो । सरद नवलपरासी इन्चार्जसमेत हुन् । उनलाई नवलपुरको मध्यपुर नगरपालिका बसन्तपुरबाट प्रहरीले नियन्त्रणमा लिएको थियो ।



    विप्लव नेतृत्वको नेकपासहित केही वामपन्थी दलले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन बहिष्कार गर्ने घोषणा गरेपछि प्रहरीले निगरानी बढाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार