Jul 18 2026 | २०८३, श्रावण २ गते

18 Jul 2026 | शनिवार, श्रावण २ गते २०८३

शनिवार, श्रावण २ गते २०८३
images
images

निहारिकाको छोरा र प्रतिवादी शिवरामको डीएनए मिल्यो

काठमाडौं । निहारिका राजपुतका छोरा र प्रतिवादी शिवराम श्रेष्ठको डीएनए ९९.९९९ प्रतिशत ‘म्याच’ भएको छ ।

उच्च अदालत जनकपुरले राजपुतको छोरा र शिवराज श्रेष्ठको डीएनए परीक्षण गर्न आदेश जारी गरेको थियो ।

डीएनए परीक्षणका लागि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानमा पठाइएको थियो । राजपुतका कानुन व्यवसायी अधिवक्ता रिन्कु कुमारी यादवका अनुसार आज अदालतले डीएनए परीक्षणको प्रतिवेदन प्राप्त गरेको छ ।

प्रतिवेदनको अनुसार श्रेष्ठ र राजपुतका छोराको ९९.९९९ प्रतिशतले डीएनए म्याच भएको जानकारी उच्च अदालत जनकपुरका प्रवक्ता नुतन झाले जानकारी दिएकी छन् ।

शिवराज साधारण तारिखमा छन्। उनको कात्तिक २५ गते तारेख छ। चुनावपछि यो मुद्दाको पेशी चढ्ने उच्च अदालत जनकपुरका रजिष्टार खड्गराज अधिकारीले जानकारी दिए।

यता शिवराजले भने डिएनए म्याचिङ भएमा सोनाली कुमारी सिंह र उनीबाट जायजन्म भएको बालकलाई श्रीमती र छोराको रूपमा स्वीकार गर्ने बताइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077